अर्थ / बाणिज्य

पहेंल्पूर खोकना (फोटोफिचर)

अनुज बज्राचार्य |
फागुन १६, २०७९ मंगलबार १५:२६ बजे

काठमाडौं– तोरीको तेल उत्पादनका लागि ललितपुरको खोकनालाई प्रसिद्ध स्थानको रुपमा लिइन्छ । सिजनमा यहाँका खेतबारीहरु पहेंल्पूर हुन्छन् तोरी फुलेर ।

यहाँ उत्पादन भएको तोरीको वास्ना छुट्टै हुने गरेको स्थानीयवासी बताउँछन् । मालिसका लागि यहाँबाट तोरीको तेल विदेश पनि लैजाने गरिएको छ । नेवार समुदायमा अझै पनि खोकनाको भुटेको तेलको माग उत्तिकै छ ।


खोकनाले अहिले यो प्रसिद्धि गुमाउँदै लगेको छ । तोरी फल्ने खेतबारीमा घर ठडिँदा उत्पादनमा कमी हुने गरेकाले प्रसिद्धि गुमाउने भएको हो । तोरी उत्पादन कम भएसागै यहाँका मिलहरु पनि क्रमशः बन्द हुन थालेका छन् ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x