जात्रा-पर्व

तराईमा होली हर्षोल्लासकासाथ मनाइयो

इकागज |
चैत १२, २०८० सोमबार १६:२ बजे

काठमाडौँ - रङहरूको पर्व होली सोमबार तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइएको छ । 

हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार सोमबार त्यस क्षेत्रमा होली मनाइएको हो । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा सोमबार होली पर्व मनाइएको थियो ।


प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको संस्कृतिविद्हरुको भनाइ छ ।

रस रङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै महत्व रहेको छ ।  


Author

थप समाचार
x