जात्रा-पर्व

क्रिसमसको रातमा के गर्ने, के नगर्ने ?

इकागज |
पुस ९, २०८० सोमबार ७:३१ बजे

तस्बिर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- क्रिसमस २५ डिसेम्बरमा, प्रभु येशूको जन्मदिनमा मनाइन् छ। क्रिसमस नेपालीको मूल चाड होइन तर तर यो संसारका लगभग सबै देशहरूमा मनाइन्छ । क्रिस्चियन धर्मका अनुयायीहरूका लागि यो दसैँ-तिहार जस्तै ठूलो पर्व हो ।

यो रातमा संसारका हरेक चर्चलाई सुन्दर ढंगले सजाइन्छ । क्रिसमसको दिन चर्च जाने हरेक व्यक्तिले प्रभु येशुको आशीर्वाद प्राप्त गर्ने जनविश्वास रहेको छ । साथै यस रातमा सान्ताले बच्चाहरूको लागि उपहार ल्याउँछन् । तर यस रातमा केही यस्ता कुराहरू हुन्छन्, गर्नाले जीवनभर खुसी रहन भगवान येशुको आशिर्वाद प्राप्त हुन्छ ।


खाँचोमा परेकाहरूलाई गोप्य दान गर्नुहोस्
क्रिसमस अर्थात् प्रभु येशूको जन्मदिन खुशी बाँड्ने पर्व हो । तसर्थ, क्रिसमसको रातमा गोप्य दान गर्नाले जीवनका सबै दुःखहरू हट्छ र जीवन खुशीले भरिन्छ भन्ने विश्वास गरिन्छ । यसबाहेक क्रिसमसको रातमा खाँचोमा परेका र बालबालिकालाई उपहार दिनुहोस् । यो काम गर्नाले भगवानको भक्तिको समान फल मिल्छ भन्ने गरिन्छ ।

बेलुनहरूमा शुभकामना लेखेर उडाउनुहोस्
क्रिसमसको रातमा खाँचोमा परेकाहरूलाई उपहार दिनुले जीवनमा शुभ परिणामहरू ल्याउँछ । भगवानबाट पनि आशीर्वाद प्राप्त हुन्छ । क्रिसमसको दिन रातो रङमा ग्यासको बेलुनमा इच्छा लेखेर हावामा उडाउनुपर्ने जनविश्वास छ । यसो गर्नाले त्यो मनोकामना छिट्टै पूरा हुन्छ ।

घरमा रातो मैनबत्ती बाल्नुहोस् 
तपाईंले क्रिसमसको रातमा आफ्नो घर वा प्रतिष्ठानमा गुलाबी वा रातो मैनबत्ती बाल्नु पर्छ। तर, आर्थिक समृद्धिको लागि हरियो मैनबत्ती बाल्नुहोस् । यसका अलावा घरमा शान्ति र सुख कायम राख्न सेतो मैनबत्ती बाल्नुहोस् । यसो गर्नाले जीवन फलदायी हुन्छ ।

भोकाएकालाई खुवाउनुहोस्
क्रिसमसको रात भोकाएकालाई खाना खुवाउँदा प्रभु येशू प्रसन्न हुनुहुन्छ भन्ने विश्वास गरिन्छ । तसर्थ, यदि तपाईंले क्रिसमसमा कसैलाई भोकाएको देख्नुभयो भने, निश्चित रूपमा उसलाई पूर्ण खाना खुवाउनुहोस् । यो काम गर्नाले घरमा आशीर्वाद मिल्छ । साथै परिवारमा सुख शान्ति बढ्छ ।

मदर मेरीको मूर्ति दिनुहोस्
क्रिसमसको दिन, बच्चा जन्माउन नसक्ने महिलालाई आफ्नो काखमा राखेको मदर मेरीको मूर्ति उपहार दिनुहोस् । यसो गर्नाले उनको मन खुशीले भरिन सक् छ। अन्य समस्याबाट पनि राहत पाउन सकिन्छ ।


Author

थप समाचार
x