फेसन

पुष्प बने फिटनेस ब्रान्डको सद्‍भावना दूत

इकागज |
असार ९, २०७९ बिहीबार १०:३७ बजे

काठमाडौँ -  अभिनेता पुष्प खड्का एसआई फिटनेसको सद्भावना दूत बनेका छन् । एक वर्षअघि बौद्धमा स्थापना भएको फिटेनेस सेन्टरले पुष्पलाई सद्भावना दूत चयन गरेको हो । 

नायक खड्काको क्रेज र जिम प्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्ब्यासडरमा नियुक्त गरेको एसआई फिटनेसनका सञ्चालक कुमार स्याङ्बोले जानकारी दिए । उनले, अहिले फिटनेश सेन्टरमा ३ सय जना नियमित रुपमा जिम गर्न आउने गरेको बताए ।


फिटनेस सेन्टरको उद्घाटन गर्दै अभिनेता पुष्पले ‘मारुनी’ फिल्ममा अनुबन्ध भएपछि फिटनेसमा ध्यान दिन थालेको बताए । पुष्पले भने–‘हिजोआज जिम मेरा लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको छ । चलचित्र ‘एक्स ९’को लागि मैले ७–८ केजी तौल बढाएको थिएँ । तर, अहिले फेरि घटाउनु परेको छ ।’

पुष्पले नेपाली चलचित्र क्षेत्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सुशिल श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने बताए । उनले अगाडि भने–‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाइलाई देख्छु ।’ कुमारले देशभर नै एसआई फिटनेसको शाखा विस्तार गर्ने योजनामा आफू रहेको र चाँडै नै महाराजगञ्जमा शाखा खोल्न लागेको समेत बताए । 


Author

थप समाचार
x