वातावरण

गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना

इकागज |
फागुन २७, २०८० आइतबार ६:५१ बजे

फाइल फोटो

काठमाडौँ - हाल  नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागको  मौसम  मुख्यतया  सफा  रहेको  छ  ।

आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी  प्रदेश सहित  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।


राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश  सहित  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागमा  मौसम   सफा  रहने  छ।  

गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भूभागका  एकदुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

 

 


Author

थप समाचार
x