वातावरण

मनहरीमा जंगली हात्तीको आतंक

इकागज |
पुस २, २०८० सोमबार १३:४४ बजे

फाइल तस्बिर

मकवानपुर - मकवानपुरको मनहरीमा जङ्गली हात्तीले आतंक मच्चाएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतंक मच्चाउँदा एक घर पूर्ण रूपमा क्षति भएको छ ।

गए राति मनहरी–८ मा आई टल्के चेपाङको जस्ता र ढुङ्गाले बनेको एक तले घरमा आक्रमण गर्दा घर पूर्णरुपमा क्षति भएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् । उनका अनुसार गए राति नै स्थानीय राम बहादुर तामाङको गोठमा हात्तीले आक्रमण गर्दा आंशिकरूपमा क्षति पुगेको छ ।


हात्तीको आतंक पछि प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षति भने नभएको प्रनाउ भण्डारीले बताइन् । 


Author

थप समाचार
x