वातावरण

मधेशमा हुस्सु, उच्च पहाडी भेगमा हिमपातको सम्भावना

इकागज |
मंसिर २४, २०८० आइतबार ६:४६ बजे

फाइल फोटो

काठमाडौँ - ​हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली  रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल तराईका थोरै स्थानहरूमा हुस्स कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। 


कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राती  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  

 


Author

थप समाचार
x