वातावरण

हिमपातले ढोरपाटनको जनजीवन कष्टकर

इकागज |
मंसिर १८, २०८० सोमबार १३:५१ बजे

बागलुङ  - बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए । 

'यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो', कँडेलले भने, 'हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ  ।' हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए । 



Author

थप समाचार
x