वातावरण

उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना

इकागज |
मंसिर १०, २०८० आइतबार ६:२१ बजे

फाइल फोटो

काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।


दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 राती भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश पहाडी भूभागमा आंशिक बदली रहि भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

साथै, देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


Author

थप समाचार
x