वातावरण

'कार्बन उत्सर्जन बढी गर्ने देशलाई वित्त सहयोगका लागि बाध्य पार्नुपर्छ'

इकागज |
मंसिर ५, २०८० मंगलबार १४:३१ बजे

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनको असर भोगिरहेका देशहरूले पाउने वित्तीय सहयोग दिन बाध्य बनाउनुपर्ने बताएका छन् ।​​ मंगलबार काठमाडौँमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले विकसित राष्ट्रहरूले ​पीडित देशहरूलाई गर्ने भनेको सहयोगका लागि अझै पनि आनाकानी गरिरहेको जिकिर गरे । जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पीडित देशलाई सहयोग गर्ने सम्झौता गर्ने तर वित्त हस्तान्तरण गर्न आनाकानी गर्ने प्रणालीको अन्त्य गर्नुपर्ने उनकाे भनाइ छ ।


उनले पीडित देश भएकाले नेपालले यसको नेतृत्व लिन सुझाव दिए । उनले नेपालमा जलवायु परिवर्तनका नाममा भएका खर्चहरूमा सोच्नुपर्ने आवश्यकता रहेको बताए ।

मुख्यमन्त्री पाण्डेले नेपालमा विकासको मोडेल परिवर्तन गर्न आवश्यक रहेको बताए । 


Author

थप समाचार
x