वातावरण

उत्तरी गोरखामा भारी हिमपात

इकागज |
माघ ११, २०७९ बुधबार २०:३७ बजे

फाइल फोटो

गोरखा - उत्तरी गोरखामा भारी हिमपात भएको छ । आजदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिए । 

'मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ”, उनले भने, “अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।'


उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको हो । हिमपातका कारण मानिसलाई घर बाहिर निस्कन तथा आवतजावतमा समेत समस्या भएको उनको भनाइ छ । 

'पशुबस्तुलाई घाँसपात गर्न र चरणका लागिसमेत अहिले समस्या भएको छ', स्थानीयवासी दोर्जेले भने, 'केही दिनका लागि त जसोतसो व्यवस्था गर्न सकिएला धेरै दिन पर्‍यो भन्ने यहाँका बासिन्दालाई ठूलो सास्ती हुन्छ ।'

अघिल्ला वर्षको तुलनामा यो वर्ष ढिलो गरी हिमपात परेको दोर्जेले बताउनुभयो । 'यो वर्ष ढिलो गरि हिमपात भयो', उनले भने, 'हिउँ पर्न थालेपछि स्थानीय सर्वसाधारण भने खुसी भएका छन् ।' हिउँ परेपछि खेतीपाती राम्रो हुने भएकाले स्थानीयवासी खुसी भएका उनले जानकारी दिए । 

'हिमपात भएपछि सुकेका घाँसपात पलाउने तथा खेतीबालीलाई पनि राम्रो हुन्छ', दोर्जेले भने, 'वातावरणसमेत सफा हुने भएकाले पनि हिउँ परेको राम्रो मानिन्छ ।'


Author

थप समाचार
x