उद्यम

क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आयो : अध्यक्ष न्यौपाने

इकागज |
साउन २, २०८० मंगलबार १७:२० बजे

काठमाडाैँ– नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आएको बताएका छन् ।​ मंगलबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै अध्यक्ष न्यौपानेले यस्ताे बताएका हुन् । उनले क्रसर व्यवसायीहरूको बदनामी गर्ने ढङ्गले प्रशासन चलाउनेहरूबाट प्रचारप्रसार भएको बताए । 

अध्यक्ष न्यौपानेले क्रसर उद्योगहरू बन्द नै होस् भन्ने ढङ्गले स्वार्थ समूह लागिपरेको विषयमा क्रसर व्यवसायी चिन्तित रहेको जानकारी दिएका छन् । अध्यक्ष न्यौपानेले निजी क्षेत्रको क्रसर उद्योग क्षेत्रमा करिब ४० अर्ब लगानी रहेको भन्दै मेसिनहरूमा लगाएको लगानी जोड्दा २ खर्ब बढी लगानी रहेको दाबी गरेका छन् । उनले क्रसर उद्योगहरूले सरकारको कानुनी प्रक्रिया पूरा गरेको छैन भने बाँकी प्रक्रिया सरकारले पुष्टि गर्न आवश्यक रहेको समेत बताए ।


अध्यक्ष न्यौपानेले नेपाल सरकारको नीति अनुसार क्रसर व्यवसायीहरूले अनुमति लिएर वित्तीय संस्थाहरूको ऋणमार्फत उद्योग सञ्चालन आएको र धेरै लगानी गरेर पनि मुलुकको कानुनसम्मत रूपमा सञ्चालनमा रहेका उद्योगहरूको नवीकरण तत्काल गर्नुपर्ने जिकिर गरेका छन् ।

अध्यक्ष न्यौपानेले नवीकरण नहुँदा धेरै कुराहरू बैंकमा खाता समेत खोल्न समेत नपाएको बताए। उनले क्रसर उद्योगहरूका लागि सरकारले ल्याएको मापदण्ड मुलुकलाई अपराध गर्ने समूहले ल्याएको दाबी गर्नुभयो । उनले क्रसर व्यवसायीहरू माथि सरकारले लगाएको मापदण्डले व्यवसायीहरूको धरासायी बन्ने अवस्था रहेको गुनासाे गरे । 

अध्यक्ष न्यौपानेले भने, ‘क्रसर व्यवसायीहरूलाई बदनामी गर्ने ढङ्गले प्रचारप्रसार गर्ने, शासन प्रशासन चलाउने ले समेत राजनीतिक पहुँचका आधारमा सञ्चालनमा आएको भन्ने आरोप लागेको छ । क्रसर उद्योगहरू बन्द नै होस भन्ने ढङ्गले स्वार्थ समूह रहेको विषयमा चिन्तित भएका छौँ । क्रसर उद्योग क्षेत्रमा करिब ४० अर्ब लगानी छ । सरकारको कानुनी प्रक्रिया पूरा गरेको छैन भने बाँकी प्रक्रिया के बाँकी रह्यो सरकारले पुष्टि गर्नुपर्छ ।' 

अध्यक्ष न्यौपानेका अनुसार महासंघले क्रसर व्यवसायीहरू जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयहरूमा कर, दस्तुर, शुल्क लगायत राजश्व रकम बुझाउन जाँदा पत्रमा नवीकरणका भाषा स्पष्ट नभएको कारण भन्दै रकम बुझ्न नमानेको र उद्योगहरू नवीकरण समेत नभएको बताएको छ ।

साथै अध्यक्ष न्यौपानेले व्यवसायीहरूले माघमा मन्त्री परिषदले गरेको निर्णयमा स्पष्ट क्रसर उद्योगहरू निरन्तर नवीकरण गर्न लिखित निर्देशन आएको समेत जनाएका छन् ।


Author

थप समाचार
x