ऊर्जा

विद्युत्‌ उपभोक्ता समितिले नै तिरेनन् महसुल, भुक्तानी गर्न प्राधिकरणको ३५ दिने सूचना

इकागज |
माघ ३, २०८० बुधबार १४:७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल विद्युत्‌ प्राधिकरणले सामुदायिक वितरक संस्थाहरूलाई विद्युत्‌‌ महसुल भुक्तानी गर्न सूचना जारी गरेको छ । बुधबार एक सूचना जारी गर्दै ९ वटा विद्युत्‌ उपभोक्ता समितिहरूलाई विद्युत्‌‌ प्रयोग गरेबापत महसुल बुझाउन ३५ दिने सूचना जारी गरिएको हो ।

देकुली विद्युत्‌ उपभोक्ता समिति, पटेर्वा सुगौली गा.पा. १ र ३ (टोल सोनवर्षा र देकुली) पर्सा, देउराली विद्युत्‌ उपभोक्ता समिति, सखुवा प्रसौनी ४ (टोल देउरवाना र सोलखपुर) पर्सा, पारसनाथ विद्युत्‌ उपभोक्ता समिति, सखुवा प्रसौनी ५ (टोल महुवन) पर्सा, शिवशक्ति विद्युत्‌ उपभोक्ता समिति, धोविनी गा.पा. ५ (टोल धोविनी) पर्सा, धोरे विद्युत्‌ उपभोक्ता समिति, पाकाहा मैनपुर गा.पा. १ (टोल धोरे) पर्सा र विद्युत्‌ उपभोक्ता समिति, पोखरिया न.पा. ४ (टोल गोविन्दपुर) पर्सालाई महसुल बुझाउन सूचना जारी गरेको हो ।


त्यस्तै उजाला विद्युत्‌ उपभोक्ता समिति, धोविनी गा.पा. ३ ( टोल गुलरिया) पर्सा, जीवनज्योति विद्युत्‌ उपभोक्ता समिति धोविनी गा.पा. ४ (टोल असवारी) पर्सा र प्रकाश विद्युत्‌ उपभोक्ता समिति कालिकामाई गा.पा. १ (टोल तिनडीभिया र रविदास) पर्सालाई महसुल बुझाउन प्राधिकरणले सूचना जारी गरेको हो ।


Author

थप समाचार
x