रोजगारी

ईपिएस शाखाले भन्यो - कामदारको फाइल कोरिया नपठाएको र कोटासमेत कटौती गरेको हल्लाको पछि नलाग्नू

इकागज |
फागुन ३०, २०८० बुधबार २२:१५ बजे

काठमाडौँ - कोरिया जाने कामदारको कोटा कटौती भएको भन्ने हल्लाप्रति ईपिएस कोरिया शाखाले ध्यानाकर्षण भएकाे जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभाग ईपिएस शाखा कोरियाले यस्तो जनाएको हो । 

केही दिनदेखि सामाजिक सञ्जालमा कोरियन भाषा परीक्षा उतीर्ण गरेका कामदारहरूको फाइल ईपिएस शाखा कोरियाले नपठाएको र कोरिया लैजाने कोटासमेत कटौती गरेको हल्लाप्रति ईपिएस शाखा कोरियाले ध्यानाकर्षण भएको जनाएको छ । यस्ता तथ्यहीन र आधारहीन भ्रमप्रति विश्वास नगर्न वैदेशिक रोजगार विभाग ईपिएस शाखाले अनुरोध गरेको छ । 


'ईपिएसमार्फत नेपाली कामदार कोरिया पठाउने कार्य दुई देशबीच भएको सम्झाैता बमोजिम निष्पक्ष, पारदर्शी र व्यवस्थितरुपमा जी टु जी माध्यमबाट हुने  हुँदा कुनै पनि तथ्यहीन, आधारहीन भ्रामक र कपोकल्पित हल्लाको पछाडि नलाग्न र कोही कसैलाई प्रेरित नगर्न पनि ईपिएस कोरिया शाखाले सबैलाई अनुरोध गरेको छ', विज्ञप्तिमा भनिएको छ । 

केही दिनदेखि सामाजिक सञ्जालमा कोरिया लाने कामदार कटौती गरेका,ृ भाषा परीक्षा पास भएकाको फाइल कोरिया नपठाएको हल्लाहरु फैलिएको थियो । 

नेपालबाट हाल कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा बर्सेनि १२ हजार श्रमिक रोजगारीका लागि जाने गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा ईपिएसमार्फत लगभग २१ हजार श्रमिक दक्षिण कोरिया गएका थिए । सन् २०२४ का लागि एक लाख ६५ हजार कोटा रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरियाले सन् २०२४ मा एक लाख ६५ हजार विदेशी श्रमिक माग गर्ने भएको छ । 

ईपिएस अन्तर्गतका नेपालसहित १६ देशका लागि सो कोटा निर्धारण भएको हो । १६ देशमध्ये पनि नेपाली श्रमिक रुचाइएका कारण सो कोटा नेपालले ३० हजार पाउने इपिएस शाखाले जनाएको छ ।


Author

थप समाचार
x