स्थानीय तह निर्वाचन २०७९

काठमाडौंमा ४ सय २ मतसहित बालेनको अग्रता कायमै, दोस्रो एमाले र तेस्रो कांग्रेस

इकागज |
बैशाख ३१, २०७९ शनिबार १८:५९ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता कायम गरेका छन् । उनले ४ सय २ मत ल्याएर अग्रता कायम गरेका हुन् । 

यस्तै, एमालेका उम्मेदवार केशव स्थापितले ३ सय १९ मत ल्याएर दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले २०२ मत ल्याएर तेस्रो स्थानमा छिन् । 
विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले १३ मत प्राप्त पाउँदा राप्रपाका मदनदास श्रेष्ठले ५३ पाएका छन् । 


बिहान साढे ९ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म वडा नम्बर १ र ३२ को मतगणना सकिएको छ भने वडा नम्बर २ र चारको गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । 
 


Author

थप समाचार
x