स्थानीय तह निर्वाचन २०७९

एमालेका प्रतिनिधि बस्न नमानेपछि पोखराको मतगणना स्थगित

इकागज |
जेठ १०, २०७९ मंगलबार १३:२४ बजे

पोखरा – पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । पोखरा १८ को पुनः मतगणनाको माग गर्दै एमालेका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएपछि गणना रोकिएको हो ।

उक्त वडामा खसेको मतभन्दा गणना भएको मत कम भएका कारण पोखरा १८ बाट एमालेका उम्मेदवार पुष्कल थापा र नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले निर्वाचन अधिकृतको कार्यालयमा केही समयअघि निवेदन दिएका थिए । 


४ हजार ३ सय ४८ मत खसेको वडामा ४ हजार ३ सय ४८ मतको नतिजा सार्वजनिक भएको हो । जसमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सिनाले ३ मतान्तरले विजयी भएका थिए । तिमिल्सिनाले १ हजार ६ सय ४३ मत ल्याएका थिए भने एमालेका थापाले १ हजार ६ सय ४० मत ल्याएका छन् ।

पोखरामा २२, ३२ र ३३ नम्बर वडाको मतगणना रोकिएको हो ।


Author

थप समाचार
x