स्थानीय तह निर्वाचन २०७९

पोखरा-१८ मा पुनः मतगणनाको माग गर्दै निवेदन

इकागज |
जेठ १०, २०७९ मंगलबार ११:४३ बजे

पोखरा - पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेस गरिएको छ । 

वडामा खसेको मतभन्दा गणना भएको मत कम भएका कारण पोखरा १८ बाट एमालेका उम्मेदवार पुष्कल थापा र नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । 


४ हजार ३ सय ४८ मत खसेको वडामा ४ हजार ३ सय ४८ मतको नतिजा सार्वजनिक भएको थियो । जसमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सिनाले ३ मतान्तरले विजयी भएका थिए । 

तिमिल्सिनाले १ हजार ६ सय ४३ मत ल्याएका थिए भने एमालेका थापाले १ हजार ६ सय ४० मत ल्याएका छन् ।


Author

थप समाचार
x