स्थानीय तह निर्वाचन २०७९

काठमाडौँ महानगर-२९ मा कांग्रेसका ढकालको प्यानलै विजय

इकागज |
जेठ ६, २०७९ शुक्रबार २१:३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिका–२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलसहित विजयी भएका छन् । ढकालले नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी शिवराम राजवंशीलाई ५० मतले पछि पार्दै विजय भएका हुन्। ढकालले १ हजार ९ सय २१ मत प्राप्त गर्दा राजवंशीले एक हजार ८७१ मत प्राप्त गरेका थिए। 

त्यसैगरी सदस्यमा कांग्रेसका अनिलकुमार श्रेष्ठ र सन्तोष ढुङ्गेल विजयी भएका छन् । महिला सदस्यतर्फ कांग्रेसको रेनु श्रेष्ठ र दलित महिला सदस्यमा सङ्गीता पुजारी विजय भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।


हाल कामपा वडा नं १, २, ३ ,४ ५, २८, २९, ३० र ३२ को मत परिणाम  सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ६, ७, ८, ९, १०, २५, २६, र ३१ के मत गणना कार्य जारी छ । अहिले कामपामा ७४ हजार ७ सय ५१ मत गणना कार्य सकिएको छ । कामपामा कूल मतदाता ३ लाख २ सय ४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ । रासस


Author

थप समाचार
x