शिक्षा

लाली गुराँस आधारभूत विद्यालयले मनायो ३४ औँ वार्षिकोत्सव

इकागज |
बैशाख ८, २०८१ शनिबार २१:२३ बजे

काठमाडौँ- सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.-३ धुस्कुन को दाबिमा रहेको लाली गुराँस आधारभूत विद्यालयले आफ्नो ३४ औँ वार्षिकोत्सव मनाएको छ ।

अल्पसंख्यक विपन्न पहरी जातिको बसोबास भएको दाबिमा अवस्थित यस विद्यालयले पालिका अध्यक्ष भक्त ध्वज बोहराको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाएको हो ।


उक्त कार्यक्रममा पालिका शिक्षा समिति सदस्य मोहन श्रेष्ठ, समाजसेवी रामकुमार रिसाल र लालबहादुर श्रेष्ठले विद्यालयलाई शुभकामना मन्तव्य दिएका थिए । सो अवसरमा जग्गा दातालाई सम्मान गर्नुको साथै लायन्स क्लब अफ काठमाडौँ नयाँ बजार र टेम्पल सिद्दी विनायक तथा  इम नन्द फाउन्डेसनद्वारा विद्यार्थीको लागि ड्रेस स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको थियो ।

नेपाली कांग्रेसका वडा सभापति एवं समाजसेवी निमादोर्जे तामाङ ( शिखर) ले सबै विद्यार्थीको लागि झोला उपलब्ध गराउने प्रतिबद्धता घोषणा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश पहरीले बताएका छन् ।


Author

थप समाचार
x