शिक्षा

गत वर्ष अध्ययनका लागि अमेरिका गए १५ हजार बढी नेपाली विद्यार्थी

इकागज |
कात्तिक ३०, २०८० बिहीबार १७:२३ बजे

काठमाडौँ- एकै वर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या १५ हजार नाघेको छ ।​

नेपालस्थित अमेरिकी दूतावासका अनुसार गत वर्षमा १५ हजार ९० जना नेपाली विद्यार्थी अध्ययनका लागि अमेरिका पुगेका छन् । 


अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी दूतावासले यो जानकारी दिएको हो । ‘उक्त रिपोर्टअनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या गत वर्ष २७‍.९ ले वृद्धि भई १५,०९० पुगेको छ, जुन सङ्ख्या हालसम्म कै उच्चतम हो’ अमेरिकी दूतावासले भनेको छ ।

शैक्षिक वर्ष २०२२–२०२३ मा १० लाख भन्दा धेरै अर्थात् १० लाख ५७ हजार १८८ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा अमेरिका परेको छ । उसका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शीर्षस्थ गन्तव्यको रूपमा अझै पनि अमेरिका रहेको जनाउँदै सबैलाई शुभकामना दिएको छ । 

 


Author

थप समाचार
x