शिक्षा

प्रधानमन्त्रीले भने : इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्नू

इकागज |
भदौ ८, २०८० शुक्रबार १८:३८ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल इन्जिनियरिङ कार्यक्रमको शुल्क तत्काल नबढाउन इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) लाई निर्देशन दिएका छन् । अवैज्ञानिक ढंगले शुल्क बढाइएको भन्दै विद्यार्थी संगठनहरूले विरोध गरेपछि प्रधानमन्त्रीले आईओईकाे निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएका हुन् ।

आईओईले तोकेको नयाँ शुल्क समय सान्दर्भिक छ/छैन भनेर निर्क्योल गर्न एउटा समिति गठन गर्न त्रिभुवन विश्वविद्यालयलाई प्रधानमन्त्रीले निर्देशन दिएको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।


साथै आईओईलाई बजेट अभाव भए सरकारले सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएको पनि उनले जानकारी दिइन् ।

आईओईले यसै शैक्षिक सत्रदेखि आफ्ना आङ्गिक क्याम्पसहरूमा लागू हुने गरी स्नातक (बी.ई./बी.आर्क.) तहको नियमित शुल्क ३५ हजारबाट ८२ हजार र पूर्ण शुल्क तर्फ तीन लाख ३० हजारबाट सात लाख ७५ हजार पुर्‍याएको थियो ।


Author

थप समाचार
x