शिक्षा

पाठ्यपुस्तक उपलब्ध नभएको गुनासो आएपछि शिक्षामन्त्रीले गरे जनक शिक्षा सामग्रीको अनुगमन

इकागज |
जेठ १५, २०७९ आइतबार १५:२ बजे

फाइल फोटो

काठमाडौँ - समयमा नै पाठ्यपुस्तक उपलब्ध नभएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेका छन् । 

आइतबार भक्तपुरको सानोथिमिस्थित जनक शिक्षाको आकस्मिक अनुगमन गर्दै पुस्तक छपाईको बारेमा जानकारी लिएका हुन् । जनक शिक्षाले यसअघि समयमा नै पाठ्यपुस्तक पुर्‍याराउने भनेपनि सोचेजस्तो काम नभएको पाइएपछि शिक्षामन्त्री पौडेलले अनुगमन गरेका हुन् । 


अनुगमनका क्रममा मन्त्री पौडेलले पाठ्यपुस्तक छपाई दुई हप्ता ढिलो भएको जानकारी पाएको बताए । उनले १० दिनसम्ममा पुस्तक छापिने जनक शिक्षाले जानकारी गराएको बताए । अहिले २० लाख पुस्तक पुग्न बाँकी रहेकाले छिटै ढुवानी हुने उनले बताए । मन्त्री पौडेलले कागजहरु आएर पुस्तक छाप्ने काम तीव्र रुपमा भइरहेको सूचना पाएको जानकारी दिए । 

उनले सवै बिद्यार्थीको हातहातमा पुस्तक नपुगेसम्म निरन्तर अनुगमन गर्ने बताए । 


Author

थप समाचार
x