कूटनीति

अब भारतमा रहेका नेपालीहरूले सहजै सिमकार्ड पाउने

इकागज |
फागुन ८, २०८० मंगलबार ९:२ बजे

काठमाडौँ- नेपाली नागरिकहरूले भारतमा अब सहज रूपमा सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नेपालीहरूले भारतमा सहज रूपमा सिमकार्ड पाउने बताएका छन् ।

‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो' शर्माले एक्समा लेखेका छन् 'हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ ।'


नेपालीहरूले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सीमकार्ड लिन पाउने उनले एक्समा उल्लेख गरेका छन् ।

यसअघि नेपालीहरूले भारतीय नागरिकको सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

इकागजले यसअघि भारतमा सिमकार्ड नपाउँदा नेपालीहरू समस्यामा परेको समाचार सार्वजनिक गरेको थियो । नेपाल सरकारका मन्त्री र भारतस्थित नेपाली दूतावासले पहल गर्दा पनि सिमकार्ड पाउन नसकेपछि 'नेपालका मन्त्री भारतमा पुगेर कुरा राख्दासमेत नेपालीले सिमकार्ड पाएनन्' भन्ने शीर्षकमा इकागजले समाचार लेखेको थियो ।

 

र, यो पनि


Author

थप समाचार
x