कूटनीति

अष्ट्रेलिया जाँदै परराष्ट्र मन्त्री साउँद

इकागज |
माघ २४, २०८० बुधबार ९:१५ बजे

फाइल तस्बिर

काठमाडौं - परराष्ट्रमन्त्री नारायणप्रकाश साउँद आज अस्ट्रेलिया जाँदैछन् ।

अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउँद अष्ट्रेलिया जान लागेका हुन् । 


सो सम्मेलन माघ २६ र २७ गते अष्ट्र्र्रेलियाको पर्थमा  हुँदैछ । यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयमा मन्त्री साउँदले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सो क्रममाअस्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मन्त्री साउँद फागुन ३ गते स्वदेश फर्कनेछन् ।


Author

थप समाचार
x