कूटनीति

प्रस्तावित ४ राजदूतको नाम अनुमोदन

इकागज |
जेठ ५, २०७९ बिहीबार ०:१६ बजे

काठमाडौँ - संसदीय सुनुवाइ समितिले बुधबार प्रस्तावित ४ राजदूतको नाम अनुमोदन गरेको छ । 

बुधबार बिहान र बेलुकी गरी दुई पटक समितिले छुट्टाछट्टै सुनुवाइ गर्दै प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।


समितिका सभापति लक्ष्मणलाल कर्णअनुसार यसरी अनुमोदित हुने प्रस्तावित राजदूतहरूमा मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल (स्पेन), डिल्लीराज पौडेल (मलेसिया) र कान्ता रिजाल (इजरायल) रहेका छन् ।

उनीहरुलाई सरकारले एक महिनाअघि नै राजदूतमा सिफारिस गरेको थियो ।


Author

थप समाचार
x