अपराध

१४ किलो सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङ पक्राउ

इकागज |
फागुन १४, २०८० सोमबार १०:४४ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- १४ किलो सुन तस्करी प्रकरणमा काठमाडौंँका कलेज सञ्चालकजीवनकुमार गुरुङ पक्राउ परेका छन् । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा काठमाडौं डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका हुन् । 

कार्यकारी अध्यक्ष गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो । सीआईबीका एसपी होविन्द्र बोगटीले अनुसार गुरुङलाई भन्सार र राजस्व कार्यालयमा बुझाउने तयारी गरिरहेको इकागजलाई जानकारी दिए ।


गत मंसिर २१ गते भन्सार विभागको टोलीले १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरेको थियो । प्रहरी थुनामा राखिएको बताए । फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११:४० बजे काठमाडौं उत्रिएका थिए ।


Author

थप समाचार
x