अपराध

दमकमा कुटपिट गरी श्रीमतीकाे हत्या

इकागज |
माघ १८, २०८० बिहीबार १३:६ बजे

फाइल तस्बिर

दमक - श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन् ।

गए राति छिमेकीको घरमा जन्मदिनको भोज खाएर करिब १ बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको दमक इलाका प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए । 


कुटपिटबाट मृत्यु भएपछि आज बिहान मात्र ७।३० बजे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरीको टोली पुगेर अभियुक्त राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुुरु गरिएको उनले जानकारी दिए । मृतकको अनुहार र टाउकोमा चोट लागेको देखिएको र प्रहरीले शवको मुचुल्का उठाई परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रनाउ लामाले बताए । रासस


Author

थप समाचार
x