अपराध

प्रतिबन्धित औषधीहरूसहित दिपेश पक्राउ

इकागज |
माघ २, २०८० मंगलबार १३:२ बजे

फाइल तस्बिर

ललितपुर - प्रतिबन्धित औषधिसहित ललितपुरबाट ए जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  महालक्ष्मी नगरपालिका-३ महर्जन चोक बस्ने सर्लाही घर भएका २७ वर्षीय दिपेश जैसवाल रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रतिबन्धित औषधीहरू टेनाड ५ हजार ६ सय ट्याब्लेट, स्पासरेष्ट १ हजार ३ सय ट्याब्लेट, स्पास्मो ४ सय ट्याब्लेट, पीजीएबी ७५ एमजीको ६ सय ट्याब्लेट, पीजीएबी १०० एमजीको ७ सय ट्याब्लेट र स्पास्पेन ६ सय ५० ट्याब्लेटसहित  सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 


प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त प्रतिबन्धित औषधीहरूसित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x