अपराध

उद्योग सञ्चालक चरेससहित पक्राउ

इकागज |
माघ १७, २०७९ मंगलबार १५:११ बजे

कैलाली । कैलालीको धनगढीमा एक उद्योग सञ्चालक चरेससहित पक्राउ परेका छन्। साढे ११ किलो चरेस र उद्योग सञ्चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुलाको नौगाड गाउँपालिका–२ स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका ३ चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योग सञ्चालन गर्दै आएका नरेन्द्रसिंह धामी, दार्चुला नौगाड–२ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ्ग केदारस्यु गाउँपालिका–७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुरा स्वामीकार्तिक गाउँपालिका–२ का स्थायी घर भई हाल बर्दगोरिया गाउँपालिका–४ कैलाली बस्दै आएका ३५ वर्षीय धनलाल कामी रहेको प्रहरीले जानकारी दिएको छ ।


सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)का प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


Author

थप समाचार
x