अपराध

पाँच किलो गाँजासहित सिन्धुलीबाट दुई मोटरसाइकल बरामद

इकागज |
मंसिर १८, २०७९ आइतबार १२:५४ बजे

काठमाडौं - सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ पत्राबाट पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरिएको छ । शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना२३प ८७८३ र प्र ३-०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार चार जना मोटरसाइकल छाडेर भागेका थिए । 

उक्त मोटरसाइकल चेकजाँज गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी गरिरहेको पनि प्रहरीले बताएको । 



Author

थप समाचार
x