क्रिकेट

टी-२० विश्वकप खेल्ने जर्सी सार्वजनिक

इकागज |
चैत २६, २०८० सोमबार १९:३६ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी- २० विश्वकप खेल्ने जर्सी सार्वजनिक गरिएको छ ।

नेपालले दोस्रो पटक टी- २० विश्वकप खेल्दैछ । यसपटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो ।


आउँदो जूनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । कुल २० देशले भाग लिने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालसँगै यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

नेपालले विश्वकपको पहिलो खेल जून ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x