क्रिकेट

टी-ट्वान्टी सिरिजः अस्ट्रेलियाले न्यूजिल्यान्डविरुद्ध पूरा गर्‍यो २१६ रनको लक्ष्य

इकागज |
फागुन ९, २०८० बुधबार १६:२९ बजे

काठमाडौँ- पाहुना टोली अस्ट्रेलियाले न्यूजिल्यान्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा रोमाञ्चक जित हात पारेको छ ।

बुधबार वेलिङ्टनमा भएको खेलमा अस्ट्रेलियाले घरेलु टोली न्यूजिल्यान्डलाई ६ विकेटले पराजित गरेको हो ।


जितका लागि चाहिएको २ सय १६ रनको लक्ष्य अस्ट्रेलियाले निर्धारित २० ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएकोमा अन्तिम बलमा टिम डेभिडले चौका हिर्काए । उनले १० बलको सामना गर्दा २ चौका र ३ छक्काको मदतमा ३१ रन बनाए ।

कप्तान मिचेल मार्सले ४४ बलमा ७२ रन बनाउँदा २ चौका र ७ छक्का हिर्काए । डेभिड वार्नरले ३२ रन जोडे ।

न्यूजिल्यान्डका मिचेल सान्टनरले २ तथा एडम मिल्ने र लोकी फर्गुसनले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले ३ विकेटको क्षतिमा २ सय १५ रनको योगफल तयार पार्दा रचिन रविन्द्रले ६८ रन तथा डेभोन कनवेले ६३ रन बनाए ।

अस्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिन्स र मिचेल मार्सले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x