कोभिड-१९

नेपालगञ्जमा कोभिडका कारण एकको मृत्यु

इकागज |
बैशाख ९, २०८० शनिबार १४:२७ बजे

कोहलपुर-बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।    
    
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो । उनलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ ।        



Author

थप समाचार
x