कोभिड-१९

देशभर थपिए १०६ कोभिड संक्रमित, एकको मृत्यु

इकागज |
बैशाख ८, २०८० शुक्रबार १६:४४ बजे

काठमाडौँ- कोभिड-१९ संक्रमणका कारण आज एक जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक जनाको मृत्यु भएको हो । देशभर हालसम्म १२ हजार २६ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी देशभर १ सय ६ जना संक्रमित थपिएका छन् । १ हजार ८ सय ८३ जनाको कोभिड परीक्षण गरिएको थियो ।


देशभरबाट ४६ जना संक्रमणमुक्त भएका छन् । विभिन्न खोप केन्द्रबाट २४ घण्टामा ३५ हजार ९७ कोभिडविरुद्धको खोप लगाएका छन् ।

देशभर सक्रिय संक्रमित ४ सय १४ जना छन् । आइसीयूमा ७ जना र भेन्टीलेटरमा ३ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

संस्थागत आइशोलसनमा २५ रहेका छन् ।

 

 

 

 


Author

थप समाचार
x