कोभिड-१९

थप १५ जनामा कोभिड संक्रमण

इकागज |
कात्तिक २७, २०७९ आइतबार १६:५४ बजे

काठमाडौँ- नेपालमा थप १५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।​

देशभर गरिएको ७ सय ६४ पिसिआर परीक्षणका क्रममा १४ जना र १ हजार २ सय २१ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कोभिडका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन भने थप ३० संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५ सय १४ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x