कोभिड-१९

देशभर ५ सय ३० जना काेभिडका सक्रिय संक्रमित

इकागज |
कात्तिक २६, २०७९ शनिबार १६:५० बजे

काठमाडौँ- नेपालमा थप ८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।​

देशभर गरिएको ६ सय ८० पिसिआर परीक्षणका क्रममा ८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या ११ लाख ५२ हजार ९ सय ८५ पुगेको छ ।


कोभिडका कारण शनिबार पनि कसैको पनि मृत्यु भएको छैन भने थप २४ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय ३० सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x