कोभिड-१९

थप १६ जनामा कोभिड संक्रमण

इकागज |
कात्तिक २४, २०७९ बिहीबार १६:५८ बजे

काठमाडौँ- नेपालमा थप १६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।​

देशभर गरिएको ६ सय १४ पिसिआर परीक्षणका क्रममा ९ जना र १ हजार १ सय २३ एन्टीजेन परीक्षणका क्रममा ७ जनामा कोभिड पुष्टि भएको हो । कोभिडका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप १३ संक्रमित कोभिडमुक्त भएका छन् ।


हाल नेपालमा ५ सय ६३ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x