अदालत

काँग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

इकागज |
चैत १६, २०८० शुक्रबार १६:४६ बजे

फाइल तस्बिर

काठमाडौं - नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । 

सर्वोच्चका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले गुरुङको रिट जारी गरेको हो । आदेशसँगै सांसद गुरुङको निलम्बन फुकुवा भएको छ ।


मनाङबाट निर्वाचित सांसद गुरुङले सभामुख, संघीय संसद् सचिवालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विपक्षी बनाएर गत फागुन ११ मा रिट दायर गरेका थिए । 

 भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारका रूपमा दोषी ठहर गरेको थियाे । त्यसकाे विरुद्ध उनी सर्वाेच्च पुगेका थिए । 


Author

थप समाचार
x