अदालत

रिगल भनिने योगराज ढकालविरुद्ध सर्वोच्चमा रिट दायर

इकागज |
असोज १६, २०८० मंगलबार १७:९ बजे

काठमाडौं -  रिगल भनिने योगराज ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । 

नेपालगञ्जमा मान्छे काटेको अभियोगमा कैद सजाय पाएकालाई दिएको कैद माफीविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । 


चेतन मानन्धरको हत्या गरेपछि अदालतबाट जन्मकैद सजाय पाएका रिगललाई राष्ट्रपतिले कैद माफी दिएका थिए । 

चेतनको हत्यामा अदालतबाट जन्मकैदको सजाय पाएका तरुण दलका तत्कालीन क्षेत्रीय सभापति रिगललाई संविधान दिवसका अवसरमा सरकारले असोज ३ गते कैद माफी दिएको थियो ।

कैद माफीपछि रिगल गाडीको लावालस्करसहित दाङ कारागारबाट नेपालगञ्ज पुगेका थिए । 

श्रीमान्का हत्यारालाई आममाफी दिइएको भन्दै न्यायका लागि काठमाडौं आएकी भारतीले सर्वोच्चमा रिट दायर गरेकी हुन् । शेर्पाले असोज १४ गते रिगलविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

रिगलको खुकुरी प्रहारबाट २०७२ असाार २९  चेतन मानन्धरको मृत्यु भएको थियो। घटनापछि भागेर भारत लुकेका उनलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याइ मुद्दा दायर गरेको थियो। 


Author

थप समाचार
x