कर्पोरेट

माउण्टेन ड्युको 'डरको अगाडि जित छ'

इकागज |
चैत ८, २०८० बिहीबार १२:५० बजे

काठमाडौँ- माउण्टेन ड्युले आफ्नो मूल मन्त्र 'डरको अगाडि जित छ'लाई व्यक्त गर्दै अनूप विक्रम शाहीको साथमा रोमाञ्चकताले भरपूर ग्रीष्मकालीन प्रचार अभियानको शुरुवात् गरेको छ । रोमाञ्चकारी स्टण्ट र रोचक कथासारले उपभोक्ताहरूलाई एक अविस्मरणीय अनुभूति प्रदान गर्ने निशिचत छ ।

नेपाल उपभोक्ताहरूलाई आफूभित्रको डरलाई हटाउन आग्रह गर्दै माउण्टेन ड्युले आजदेखि एक गतिशील एवं आकर्षक ग्रीष्म प्रचार अभियानको थालनी गरेको जनाएको छ । अभियानमा जोडिएका शाहीले माउण्टेन ड्युले विगतका दिनहरूदेखि नै व्यक्त गर्दै आएको 'डरको अगाडि जित छ' भन्ने मूल मन्त्रलाई नै विशेष जोड दिएका छन् । यो अत्यन्त रमाइलो प्रचार अभियान एक टिभि विज्ञापनको साथमा आएको छ, जसमा भएको रोमाञ्चकारी स्टण्टहरू र आकर्षक कथासारले उपभोक्ताहरूलाई बाँधी राख्नेछ ।


पकड राखिराख्ने फिल्म एउटा गोदामबाट आँधी तुफान चलेसँगै सुरु हुन्छ भने यो परिस्थितिबाट अञ्जान साथीहरूको एक समूह मस्त भएर क्याम्पिङको मज्जा लिइरहेका हुन्छन् । यसैबीच अनूप विक्रम शाहीको प्रवेश हुन्छ, जसले आफ्नो दूरबिनको सहायताले तीव्र गतिमा बढिरहेको आँधी र त्यसको चपेटामा पर्न गइरहेका आफ्ना साथीहरूलाई देख्छन् । भयँकर आँधी, आगो र अवशेषहरूलाई बेवास्ता गर्दै माउण्टेन ड्युको एक सिप लिएर निडर बन्दै शाहीले आफ्ना साथीहरूलाई त्यस विपत्तिबाट जोगाउँछन् अनि जोशिलो स्टण्टसंगै आँधीको मार्ग पनि बदलिदिन्छन् ।

यो भयावहपूर्ण परिस्थितिको निष्कर्षले अन्त्यमा फेरि एकपटक माउण्टेन ड्युको 'डरको अगाडि जित छ' भन्ने मूल मन्त्रलाई मजबुत गरिदिएको छ । यी साहसिला दृश्यहरू शक्तिशाली एसएफएक्सद्वारा दर्शाइएको छ भने प्रेरणादायी गीतमा चर्चित नेपाली गायक तथा गीतकार धर्मेन्द्र सेवानले स्वर दिएका छन् ।

'माउण्टेन ड्युको प्रतिष्ठित मूल मन्त्र 'डरको अगाडी जित छ' लाई अनूप विक्रम शाहीको साथमा एक आनन्ददायक ग्रीष्मकालीन अभियानसँगै फेरि शुरु गर्न पाउँदा हामी अत्यन्त उत्साहित भएका छौं' पेप्सी नेपालका एशोसिएट डाइरेक्टर अनुज गोयलले भने 'हामी विश्वस्त छौँ कि बाँधेर राख्ने कथासार र मुटुको ढुकढुकी बढाउने स्टण्टहरू भएको टिभि विज्ञापन नेपाली युवाहरूसँग जोडिनेछ र माउण्टेन ड्युको चुस्किमा रमाउँदै उनीहरूभित्रको डरलाई भगाएर यो गर्मीयामको मज्जा लिन जोड दिनेछ ।'

'माउण्टेन ड्युसंग सहकार्य गर्न पाउनु र अर्को सिजनको लागि पनि ड्युको मूल नारा "डरको अगाडि जित छ"लाई साकार गर्न पाउनु वास्तवमै मेरो लागि सम्मानको कुरा हो । माउण्टेन ड्युको एक्सनले भरिपूर्ण दृश्यहरू छायाँकनले म भित्र  अदम्य साहसहरू भरिएका छन्, जुन मेरो व्यक्तित्वसंग पनि दुरुस्त मेल खान्छ' अनूप विक्रम शाहीले भने 'सधैं जसो नेपाली युवाहरूसँग यो यात्रा साझा गर्दै उनीहरूलाई उनीहरूको डरभन्दा अगाडि बढाउन र जितलाई आत्मसात गर्न प्रेरित गर्न पाउँदा म अत्यन्त उत्साहित छुँ ।'


Author

थप समाचार
x