कर्पोरेट

२.२५ र १.५ लिटर कोका-कोला किन्दा २५० मिलिलिटर निःशुल्क

इकागज |
फागुन २३, २०८० बुधबार ९:२० बजे

काठमाडौँ- पेय पदार्थ कोका–कोलाले उपभोक्ताहरूको लागि फेरि अर्को विशेष क्याम्पेन लिएर आएको छ । घरमा खाना खाँदाको क्षणहरू विशेष र अविस्मरणीय बनाउन नेपालमा कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो ।

कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।  


कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन् “कोका–कोला सँधै आफ्ना  उपभोक्ताहरूको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ । यो विशेष अफरले हाम्रा उपभोक्ताहरूको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्याउनेछ भन्ने हामीलाई  विस्वास छ ।”

यो अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको छ । कोका–कोलाले सँधै उपभोक्तासँगको सम्बन्ध बलियो बनाउनका लागि नयाँ–नयाँ  क्याम्पेनहरू ल्याउँदै आइरहेको छ ।

अफरमार्फत उपभोक्ताहरूले कोका–कोला, फ्यान्टा र स्प्राइटको साथ खानाको आनन्द लिनेछन् भन्ने कुरामा कम्पनी विश्वस्त छ । यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
 


Author

थप समाचार
x