कर्पोरेट

क्लोजअपद्वारा 'नजिकआउ' डिजिटल अभियानको निरन्तरता

इकागज |
माघ २४, २०८० बुधबार १४:८ बजे

काठमाडौँ- क्लोजअप नेपालले यस भ्यालेन्टाइनको अवसरमा आफ्नो #NajikAau डिजिटल अभियानलाई निरन्तरता दिएको छ । यस अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा बदल्न प्रोत्साहन गर्नु रहेको जनाएको छ ।

एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हर व्यक्तिलाई आत्मविश्वासका साथ फर्स्ट मुभ चाली आफ्नो प्रियजनसँग नजिक हुन सधैँ प्रेरित गर्दै आएको छ ।


#Najik Aau डिजिटल अभियानले एक रोचक वेब सिरिजको सुरुवात गरेको छ, जसमा दर्शकहरूले चार विभिन्न कथाहरूको निष्कर्ष निर्धारण गर्न सक्छन् । दर्शकहरूले यी कथाहरूलाई कसरी अगाडि बढाउने भनेर कमेन्ट गर्न सक्छन् र चयन गरिएका कमेन्टहरूबाट कथालाई निष्कर्ष दिइने जनाएको छ।

त्यस्तै क्लोजअप नेपालले एक microsite:www.closeupnajikaau.com पनि ल्याएको छ जसमा सहभागीहरूले दैनिक Quiz खेल्न सक्छन्, आफ्नो विशेष कोहीलाई लभ नोट्स लेख्न सक्छन् र आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् ।

चयन गरिएका उत्कृष्ट १०० लभ नोट्सहरू नेपाल भरीका प्रमुख बिलबोर्डहरूमा प्रदर्शन हुनेछन् र तीन भाग्यशाली सहभागीहरूले काठमाडौँ उपत्यकाको ५ तारे होटलमा आफ्नो प्रियजनसँग एक्सक्लुसिभ लक्जरी डिनर डेट र स्पा अनुभवसहित क्लोजअपबाट आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् ।


Author

थप समाचार
x