कर्पोरेट

नेपाली बजारमा टिसीएल ब्रान्डका साउन्डबार

इकागज |
माघ २४, २०८० बुधबार ११:२४ बजे

काठमाडौँ- घरेलु मनोरञ्जनमा अग्रणी ब्रान्ड टिसीएलले अडिओ क्वालिटीलाई अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरू ल्याएको छ । टिसीएलका साउन्डबारहरूले तपाईंलाई मनपर्ने चलचित्रहरू, संगीत र टिभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्दछ ।

वायरलेस सबवूफरले अति नै राम्रो क्वालिटीको बेस थपेर घरको आराममा थिएटर जस्तो वातावरण जस्तै महसुस गराउने जनाएको छ । 


जताततै अल्झिने तारहरूलाई हटाई टिसीएल साउन्डबारहरूले ब्लुटुथमार्फत वायरलेस काम गर्दछ । टिसीएलका एस ६४३ डब्लु , एस ५२२ डब्लु र एस ३३२ डब्लु गरि ३ मोडलका साउन्डबारहरू नेपाली बजारमा उपलब्ध छन् । अब सहज रूपमा आफ्ना हरेक डिभाइससँग टिसीएलका साउन्डबार जोडी कुनै झन्झट बिना आफ्नो मनपर्ने धुनहरूको आनन्द लिन मिल्ने बताइएको छ ।


Author

थप समाचार
x