कर्पोरेट

माछापुच्छ्रे बैंकको सीईओमा पुन: सन्तोष कोइराला नियुक्त

इकागज |
पुस ५, २०८० बिहीबार १८:० बजे

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुन: अर्को कार्यकालका लागि नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 


साढे दुई दशकभन्दा लामो अनुभव संगालेका कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रूपमा चिनिन्छन् ।


Author

थप समाचार
x