बैंक-वित्त

माछापुच्छ्रे बैंकद्धारा भिडियो केवाईसी सेवाको शुभारम्भ

इकागज |
फागुन १०, २०८० बिहीबार १३:३४ बजे

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ ।  उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरूले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्ने जनाएको छ ।

भिडियो केवाईसीमार्फत खाता खोल्दा ग्राहकहरू बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु नपर्ने जनाएको छ । यो सेवाबाट देशभित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँमा बसेर २४ घण्टा नै अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवामार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्नेछन् ।


साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिने बताइएको छ । हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ जसमा भिडियो केवाईसी सेवाको उपयोग गरी बैंकसम्म पुग्नु पर्ने झन्झट हटेको छ । 


Author

थप समाचार
x