कर्पोरेट

रोयल इनफिल्डकाे 'हन्टर राइड द लाइट २०२३' सम्पन्न

इकागज |
कात्तिक ३०, २०८० बिहीबार १८:१९ बजे

काठमाडौँ- रोयल इनफिल्डको 'हन्टर राइड द लाइट २०२३' सम्पन्न भएको छ ।

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, 'रोयल इनफिल्ड' का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि.ले दीपावलीको अवसर पारेर ‘रोयल इनफिल्ड 'हन्टर राइड द लाइट २०२३' कार्यक्रम आयोजन गरिएको थियाे । यस राइडमा ३७ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए । 


यस कार्यक्रमको मुख्य उद्देश्य Road Safety Awareness, promoting systematic ride र हाम्रा परम्परा संस्कृति र चाडहरू संरक्षण एवम् प्रवर्द्धक गर्नु रहेको अल्फा अटोमोटिभ प्रालिले जनाएकाे छ ।

कार्तिक २५ गते साँझ ५ बजे रोयल इनफिल्डको शोरुम कोटेश्वरबाट सुरु भएको यो राइड कोटेश्वर-बानेश्वर-भद्रकाली-न्युरोड-जमल-दरबारमार्ग-सहिद गेट- त्रिपुरेश्वर-कुपोण्डोल-पुलचोक-झम्सीखेल-लगनखेल-महालक्ष्मी स्थान-ताल्चीखेल-नन्खु-सानेपा- बल्खु-चोभार-टौदह-​बोसन डाँडासम्मको रहेको थियो । 


Author

थप समाचार
x