कर्पोरेट

युकेबाट पैसा पठाउनुहोस्, आइफोन १५ जित्नुहोस्

इकागज |
कात्तिक ३०, २०८० बिहीबार ११:४५ बजे

काठमाडौँ- ईसेवा मनी ट्रान्सफर, नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनीले युकेस्थित 'टाङ्गो पे' को साझेदारीमा आइफोन योजना ल्यएको छ । यो योजना नोभेम्बर १० बाट सुरू भएर जनवरी १५ सम्म लागू हुनेछ, जस अन्तर्गत युकेबाट 'टाङ्गो पे'मार्फत रेमिट्यान्स पठाउने एक भाग्यशाली विजेताले आइफोन १५ जित्न सक्ने बताइएको छ । साथै ईसेवा मनी ट्रान्सफरमार्फत ईसेवा वालेटमा सिधै पैसा पठाउने एक भाग्यशाली विजेताले काठमाडौँमा घर जित्‍न सक्ने कम्पनीले जनाएको छ ।  

योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै मध्यम अर्थात् ईसेवा वालेट, बैंक वा सोझै नगद पठाई आइफोन जित्ने मौका सुनिश्चित गर्न सक्नेछन् । ईसेवा मनी ट्रान्सफर, ग्राहकहरूलाई सहज सेवा प्रदान गर्न प्रतिबद्ध छ र विदेशबाट जुनसुकै मध्यमबाट पैसा पठाउन सकिने हुँदा सहज सुविधाको सुनिश्चित गर्ने जनाएको छ ।


'ग्राहकहरूको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरू जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता छौ। 'टाङ्गो पे' को साझेदारीमा आइफोन योजना सुचारू भएसँगै अब युके बस्दै गर्नु भएको नेपालीहरूले ईसेवा मनी ट्रान्सफरमार्फत सहज रुपमा नेपाल पैसा पठाई आइफोन जित्न सक्नुहुनेछ' ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने ।


Author

थप समाचार
x