कर्पोरेट

स्वावलम्बन लघुवित्त वित्तीय संस्था पनि अब एनपीएसमा आबद्ध

इकागज |
चैत ७, २०७९ मंगलबार १२:४९ बजे

काठमाडौं– स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको छ।

सम्झौता पत्रमा स्वावलम्बन लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द« सिंह विष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  


उक्त सम्झौतापश्चात स्वावलम्बन लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीचअन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्नेछ। यस अन्तर्गत स्वावलम्बन लघुवित्तले विभिन्न प्रणालीहरू मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलनलगायतका विभिन्न संकलनका करोबारहरू तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खाताहरू बीच सोझै गर्न सक्नेछ ।        

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायतका ८८ गैर—बैंकिङ्ग संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।     

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो सामूहिक नेटवर्क मार्फत लेन्डिङ्ग मोडल पछ्याउंदै नेपालको ६१ जिल्लामा १५५ शाखाहरू मार्फत २,६५,००० घरदुरीलाई बचत तथा ऋण, माइक्रो बीमाका सेवाहरू लगायतका विभिन्न लघुवित्त सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ। स्वावलम्बनले विभिन्न सरोकारवालाहरूलाई प्राविधिक सहयोगसहित गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउने गरेको छ ।
 


Author

थप समाचार
x