कर्पोरेट

राजस्व संकलनमा योगदान पुर्‍याएबापत स्वस्तिक आयल सम्मानित

इकागज |
माघ १३, २०७९ शुक्रबार १८:५४ बजे

काठमाडौं– के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्‍याएको भन्दै सम्मान गरेको छ ।

आर्थिक वर्ष २०७८-७९ राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्‍याएको चर्चा गर्दै उक्त कार्यको उच्च कदर गर्दै अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा स्वस्तिक आयललाई प्रशंसा पत्र प्रदान गरिएको थियो । 


साथै भन्सार कार्यालयले विगतमा जस्तै आगामी दिनमा पनि राजस्व संकलनमा सहयोग रहने अपेक्षा गरेको कुरा सम्मान पत्रमा उल्लेख गरेको छ । 
 


Author

थप समाचार
x