कर्पोरेट

सिटी एक्सप्रेसको 'विदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो' योजना

पहिलो महिनाको १ तोला सुन विजेताको नाम घोषणा

इकागज |
असोज १६, २०७९ आइतबार १३:२५ बजे

फाइल फोटो

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'विदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो' योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिट्यान्स पठाउने रीना कुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी छिन् ।

सोही योजना अन्तर्गत भदौ १५ देखी असोज ११ गते सम्म अन्य चार जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भैसकेका छन् । साउदी अरबबाट नरेश यादव , कुवेतबाट शम्भु बहादुर सार्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी साथै मलेशियाबाट रेमिट्यान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०/१० तोला चाँदी जित्न सफल भैसकेका छन् ।


सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने 'विदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो' उपहार योजना घोषणा गरेको थियो  । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै  ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई  आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ ।

कम्पनीका अनुसार यस 'विदेशबाट सिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायोे' अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


Author

थप समाचार
x